• ट्रेण्डिङ्ग :
मधेश प्रदेश लोक सेवा आयोगद्धारा १७ जना अधिकृतका लागि दरखास्त आह्वान

मधेश प्रदेश लोक सेवा आयोगद्धारा १७ जना अधिकृतका लागि दरखास्त आह्वान


  • 3.3K
    SHARES
    • श्रावण ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    मधेश प्रदेश लोक सेवा आयोगद्धारा १७ जना अधिकृतका लागि दरखास्त आह्वान

    काठमाडौं ३२ साउन/ मधेश प्रदेश लोक सेवा आयोग १७ जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । बिहीबार सूचना जारी गर्दै आयोगले एघारौं र नवौं तहको अधिकृतका लागि दरखास्त आह्वान गरेको हो । एघारौं तहको अधिकृतमा एकजना प्रमुख मेडिकल सुपरिटेन्डेन्ट खुला प्रतिस्पर्धाबाट छान्ने भएको छ ।

    images

    त्यस्तै अप्राविधिक तर्फ तीन जनामा एकजना खुला, एकजना मधेशी महिला र एकजना दलित महिला मागेको छ । त्यस्तै प्राविधिक तर्फ सिभिल इन्जिनियर, जियोलोजी, हाइड्रोलोजी र  शिक्षातर्फ पनि जनशक्ति माग गरेको छ ।

    स्वास्थ्य तर्फ कन्सल्टेन्ट सर्जन, अर्थोपेडिक सर्जन, रेडियोलोजिष्ट, साइक्याट्रिस्ट, पिडियाट्रिसियन, एनेस्थेसियोलोजिस्ट, अब्सटेट्रिक्स एन्ड गाइनोकोलोजिस्ट लगायतका विभिन्न विधामा जनशक्ति आह्वान गरेको हो । 

    अधिकृत एघारौं तहका लागि दरखास्त शुल्क १ हजार ५ सय र नबौं तका लागि  १ हजार दुई सय शुल्क निर्धारण गरिएको छ। समावेशीतर्फ आवेदन गर्नेले प्रत्येक समूहका लागि ५ सय रूपैयाँ थप दस्तुर बुझाउनुपर्नेछ । आवेदन भदौ २७ सम्म र दोब्बर शुल्क तिरेर असोज असोज ३ गतेसम्म दिन सकिनेछ ।


    तेस्रो आँखा