• ट्रेण्डिङ्ग :
नेप्से सूचक २९ अंकले बढ्यो

नेप्से सूचक २९ अंकले बढ्यो


  • 3.7K
    SHARES
    • भाद्र ६, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    नेप्से सूचक २९ अंकले बढ्यो

    दाङ ६ भदौ/ बुधबार पनि नेप्से सूचक उकालो लागेको छ । अघिल्लो दिन १७ अंकले बढेकोमा आज थप २९.४७ अंकले बढ्दै नेप्से सूचक २ हजार ४५.४५ अंकको विन्दुमा उक्लिएको हो । क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ४.३० अंकले बढ्दै ३९०.२८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

    images

    समग्रमा २९ अंकले बढेको बजारमा आज १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख  ३७ हजार कित्ता सेयर किनबेच भएको छ । आज पनि १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । 

    कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज पनि ९.९९ प्रतिशतले बढेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्डको मूल्य ९.६४ प्रतिशतले बढेको र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको मूल्य ७.४२ प्रतिशतले घटेको छ । 


    तेस्रो आँखा