• ट्रेण्डिङ्ग :
राप्तीमा ४ वटा वडामा जग्गाको नाप नक्सा गर्ने काम अन्तिम चरणमा 

राप्तीमा ४ वटा वडामा जग्गाको नाप नक्सा गर्ने काम अन्तिम चरणमा 


  • 5.0K
    SHARES
    • भाद्र १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 7.8K Views

    राप्तीमा ४ वटा वडामा जग्गाको नाप नक्सा गर्ने काम अन्तिम चरणमा 

    तुल बहादुर कवँर, दाङ १३ भदौ/ दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य निरन्तर भई रहेको छ । यसै क्रममा आज मंगलबार पालिकाको वडा नं। ४ र ८ मा नाप नक्साको काम एकै साथ शुरुआत गरिएको छ ।

    images

    पालिका भित्र रहेका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले पालिकाले नाप नक्साको काम शुरु गरिएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडा नं।४ को बुढीचौर र ८ को मिलन डाँडामा जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप जाँच गर्ने टोटल स्टेसन मेसिन सञ्चालन गरि नाप नक्साको कार्य शुरुवात गरेका हुन् । 

    सो अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जग्गा नापजाँच कार्य पछि वर्षै देखिको जग्गा सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे । निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै अध्यक्ष विष्टले जग्गा नापजाँच गरि तत्काल लालपुर्जा वितरण गरिने बताए ।

    त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापती चौधरीले नाप नक्सा गर्ने  कार्यमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

    पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीले पालिकाको नौ वटै वडामा जग्गाको निस्सा वितरण कार्य भइ सकेको बताउदै निस्सा छुट भएका व्यक्तिहरुका लागि राष्ट्रिय भूमि आयोग दाङ सँग समन्वय गरेर अन्तिम पटक पुनस् निवेदन संकलन गर्नका लागि सूचना प्रकाशन गरिने बताए ।

    हाल पालिकाको वडा नम्बर १,२ , ३ र ९ मा जग्गाको नाप नक्सा गर्ने काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका भूमि सेवा शाखाका प्रमुख बालचन्द्र गुरूङ्गले जानकारी दिए ।

    गाउँपालिका भरि ४ हजार ५ सय ६४ जना भूमिहिन दलित ,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेका छन् । जसमध्ये ३ हजार ७ सय ७५ अब्यबस्थित बसोबासी, ५ सय ६९ जना भूमिहिन सुकुमबासी, २ सय २० जना भूमिहिन दलित रहेको शाखा  प्रमुख गुरूङ्गले जानकारी दिए ।


    तेस्रो आँखा