• ट्रेण्डिङ्ग :
मौसमी प्रणाली नरहे पनि केही प्रदेशमा हल्का वर्षा हुने 

मौसमी प्रणाली नरहे पनि केही प्रदेशमा हल्का वर्षा हुने 


  • 11.4K
    SHARES
    • कार्तिक ५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 17.5K Views

    मौसमी प्रणाली नरहे पनि केही प्रदेशमा हल्का वर्षा हुने 

    काठमाडौँ,कात्तिक ५ । 
    हाल नेपालमा असर गर्ने खालको उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाखाले जनाएको छ । तर पनि हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भईरहेको छ । आज दिउँसो प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ  ।प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ । राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images


    तेस्रो आँखा