काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार पदबाट राजीनामा दिएका हुन् ।
उनले आज बिहान कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा पत्र बुझाएका हुन् । मुख्यमन्त्री कार्कीले एमालेको सहमति बिनानै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए ।
सहमति नगरि सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाएको हो । गत असोज २७ गते रामबहादुर राना मन्त्री नियुक्त भएका थिए तर उनको जिम्मेवारी भने तोकिएको थिएन ।
