• ट्रेण्डिङ्ग :
कांग्रेसमा सुनिल थापा भन्दा शेखर कोइरालाको वरीयता पछाडि

कांग्रेसमा सुनिल थापा भन्दा शेखर कोइरालाको वरीयता पछाडि


  • 6.9K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    कांग्रेसमा सुनिल थापा भन्दा शेखर कोइरालाको वरीयता पछाडि

    काठमाडौं, १५ पुस । नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ । 

    images

    काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।

    मंसिर २४/२८ मा कांगठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो । कांग्रेसले जारी गरेको सूची अनुसार सभापतिमा पराजित शेखर कोइरालाको भन्दा सुनिल थापा अगाडि रहेका छन् ।  थापा वरीयताको १९ औं नम्बरमा हुँदा कोइराला २० औं नम्बरमा रहेका छन् । 

    थापा २०७७ साउन १३ गते राप्रपाको महामन्त्री छाडेर कांग्रेस प्रवेश गरेका थिए भने कांग्रेसमा उनी सहमहामन्त्री बनेका थिए। यसअघि पदाधिकारीमा रहेकाहरुलाई वरीयतामा माथि राखिएको छ । 

    कांग्रेसमा सभापतिले  ३३ जना मनोनित गर्न बाँकी नै रहेकाले नयाँ सदस्यहरु थपिएपछि कतिपयको वरियता तलमाथि हुन सक्ने सम्भावना छ । 

    कांग्रेसको वरीयतामा सभापति शेरबहादुर देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो ।  महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि छन् । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा छन् । 

    सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् । 

    केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला उनी पछि छन् । उनीहरुको वरीयता क्रमश १४ औं र १५औं रहेको छ ।  वरीयताको १३५ औं नम्बरमा जीवन राना रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा