• ट्रेण्डिङ्ग :
नेपाल वेयरहाउजिङको आईपीओ खुला

नेपाल वेयरहाउजिङको आईपीओ खुला


  • 3.3K
    SHARES
    • मंसिर १०, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.1K Views

    नेपाल वेयरहाउजिङको आईपीओ खुला

    काठमाडौं, १० मंसिर । सर्वसाधारणका लागि नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । मंसिर १३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने मिति २४ मंसिरसम्म थप हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    images

    कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुने १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत बाँडफाँट गरिसकेको छ ।

    अब ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयरका लागि कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको हो । इच्छुक सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन् ।

    कम्पनीले भण्डारण गरेको उत्पादनको परिमाण तथा मूल्यका आधारमा वित्तीय संस्थाबाट किसान तथा उद्योगीलाई कर्जा प्रवाहमा सहजीकरण गर्ने, बजार निर्माणमा सहजीकरण गर्ने तथा ढुवानीका क्रममा समेत गुणस्तरमा नोक्सान नपर्नेगरी आधुनिक प्रविधियुक्त ट्रकमार्फत सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य छ । 

    आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


    तेस्रो आँखा