• ट्रेण्डिङ्ग :
कांग्रेस सिन्धुपाल्चोकको सभापतिको उम्मेदवारी दिन लामाले दिए उपप्राध्यापकबाट राजीनामा

कांग्रेस सिन्धुपाल्चोकको सभापतिको उम्मेदवारी दिन लामाले दिए उपप्राध्यापकबाट राजीनामा


  • 6.4K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    कांग्रेस सिन्धुपाल्चोकको सभापतिको उम्मेदवारी दिन लामाले दिए उपप्राध्यापकबाट राजीनामा

    काठमाडौं, १६ पुस । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामा राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएको शुक्रबार त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागले पुष्टि गरेको हो ।

    images

    नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि निर्वाचित भएलगत्तै उनले उपप्राध्यापकबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन ।

    नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएका मुख्य कार्याल्य सहायक ईन्द्रकुमारी महर्जनले बताइन् ।

    हालै मात्र उनले विद्यावारिधि उपाधि हासिल गरेका हुन् । उनले आगामी २७ पुसमा हुने कांग्रेस सिन्धुपाल्चोकको सभापतिका उम्मेदवारी दिने भएका छन् । लामा पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् । विद्यार्थी राजनीतिबाट शिक्षण पेसामा प्रवेश गरेका लामा फेरि पार्टी राजनीतिमा लागेका छन् ।

    rajinama.jpg

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा