• ट्रेण्डिङ्ग :
गण्डकी कांग्रेस
गण्डकी कांग्रेस राष्ट्रियसभामा पूर्वमुख्यमन्त्रीदेखि प्रदेश सभापतिसम्म आकांक्षी

गण्डकी कांग्रेस राष्ट्रियसभामा पूर्वमुख्यमन्त्रीदेखि प्रदेश सभापतिसम्म आकांक्षी


  • 3.1K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.7K Views

    गण्डकी कांग्रेस राष्ट्रियसभामा पूर्वमुख्यमन्त्रीदेखि प्रदेश सभापतिसम्म आकांक्षी

    पोखरा । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी कांग्रेसले आकांक्षीहरूको नाम सिफारिस गरेको छ ।

    images

    गण्डकीमा तीन क्लस्टरमा निर्वाचन हुने छ । अन्य, महिला र अपाङ्गता/अल्पसंख्यकमा १/१ गरी तीन पद रिक्त हुँदै छ । त्यसकै लागि बुधबार कांग्रेस प्रदेश कार्यसमितिले १७२ जनाको नामावली सिफारिस गरेको हो ।

    गण्डकीबाट निर्वाचित भई राष्ट्रिसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिँदै छ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए । उनीहरूको पदावधि फागुन २० गते सकिँदै छ ।

    आकांक्षीको सूचीमा प्रदेश सभापति शुक्रराज शर्मा पनि छन् । उनको नाम प्रदेशसभा निर्वाचन २०७८ को समानुपातिकतर्फको अन्तिम बन्दसूचीमा खस/आर्य क्लस्टरमा एक नम्बरमै थियो ।

    एक नम्बरमा नाम भए पनि ३३ प्रतिशत महिला ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण उनी प्रदेशसभा सदस्य बन्न पाएनन् । अहिले बन्दसूचीबाट नाम हटाएर राष्ट्रियसभा सदस्य बन्ने उनको आकांक्षा छ ।

    आकांक्षीको सूचीमा गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि छन् । उनले अपाङ्गता/अल्पसंख्यक क्लस्टरमा चुनाव लड्ने चाहना राखेका छन् । उनी केन्द्रीय सदस्य पनि हुन ।

    पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठसहित पूर्वमन्त्री रोमी गौचनको नाम पनि सिफारिस भएको छ । गत हप्तामात्रै कांग्रेसको गण्डकी सम्मेलनमा गौचनले राजनीतिबाट विश्राम नलिएको भनेर राष्ट्रियसभा निर्वाचन लड्ने संकेत पार्टीका सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई दिएका थिए ।

    पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापासहित पूर्वसांसद ओमकला गौतम चालिसेले पनि आकांक्षी छन् ।

    कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) का अनुसार अन्य पदमा १०७, महिला पदमा ४३ र अपाङ्गता/अल्पसंख्यक २८ जना आकांक्षीको नाम सिफारिस गरिएको छ ।

    कास्कीबाट तीन क्लस्टरमा ४३ जना, गोरखाबाट १६, तनहुँबाट १७, नवलपुरबाट २२, पर्वतबाट १४ जना आकांक्षीको नाम सिफारिस भएको छ ।

    बागलुङबाट २४, मनाङबाट २, मुस्ताङबाट ६, म्याग्दीबाट ५, लमजुङबाट १० र स्याङजाबाट १९ जना आकांक्षीको नाम सिफारिस भएको हो ।


    तेस्रो आँखा