• ट्रेण्डिङ्ग :
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित ७ घाइते

बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित ७ घाइते


  • 4.6K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.1K Views

    बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित ७ घाइते

    काठमाडौं। ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।

    images

    ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले भने, ‘उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।’ उनले मृत्यु भएका दुईमध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने बताए । घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो । कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरूले आज प्रदर्शन गरेका थिए । त्यस क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नुनका साथै हवाइ फायर गरेको थियो ।


    तेस्रो आँखा