• ट्रेण्डिङ्ग :
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु


  • 3.2K
    SHARES
    • पौष १५, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.9K Views

    पोखरीमा डुबेर बालिकाको मृत्यु

    काठमाडौं । काभ्रेमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ। आइतबार दिउँसो २ बजे धुलिखेल नगरपालिका-६ इतोल घर भई भुम्लु गाउँपालिका-१० दोलालघाट बस्ने ५ वर्षीया रोजिना खड्गीको डुबेर मृत्यु भएको हो।

    images

    बुद्धरामकी छोरी रोजिना इन्द्रावति खोला नजिकै रहेको पोखरीमा अचेत अवस्थामा फेला परेको खबर पाएपछि प्रहरी चौकी दोलालघाटबाट खटिएको टोलीले बालिकालाई धुलिखेल अस्पताल पुर्‍याएको थियो।

    उपचारको क्रममा उनको साढे ३ बजे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।


    तेस्रो आँखा