• ट्रेण्डिङ्ग :
शेखर समूहको बैठक दिउसो २ बजे बसेरा होटलमा

शेखर समूहको बैठक दिउसो २ बजे बसेरा होटलमा


  • 7.1K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    शेखर समूहको बैठक दिउसो २ बजे बसेरा होटलमा

    काठमाडौं ,२१ पुस । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गर्न थालेपिछ पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कोइराला समूहले बैठक बोलाएको हो । 

    images

    पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज दिउँसो दुई बजे आफू पक्षीय नेताहरुको बैठक बोलाएको कोइराला निकट नेता बलबहादुर केसीले बताए ।  दिउँसो २ बजे बैठक बस्ने पुष्टि गर्दै स्थान भने निश्चित नभएको उनले जानकारी दिए ।

    कोइराला निकट अर्का  नेता चन्द्र भण्डारीले भने बैठक सिंहदरबार नजिकको बसेरा होटलमा बस्ने बताए। उनका अनुसार १४ औं महाधिवेशनमा उम्मेदवार बनेकाहरुलाई बैठकमा बोलाइएको छ ।

    कोइराला पक्षीय नेताहरुको बैठक मंगलबार पनि बसेको थियो । उक्त बैठकले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको निष्कर्ष निकालेको थियो । कोइराला कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँग सभापति पदमा पराजित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा