काठमाडौं । नेपाल विज्ञापन संघको २४ औं वार्षिक साधारणसभाले सुदिप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। आइतबार भएको संघको साधारणसभाले थापाको नेतृत्वमा ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो।
संघमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीहरु निर्विरोध भएका छन् भने ७ जना सदस्य निर्वाचित भएका छन्। अध्यक्ष थापासहित प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितिय उपाध्यक्ष पंकजलाल प्रधान, महासचिव कृष्णप्रसाद घिमिरे, कोषाध्यक्ष साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन्।
सदस्यहरुमा क्रमशः अरुणकाजी स्थापित, रोशन रेग्मी (आरसी), सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल विजयी भएका छन्। संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ गरेका छन्। सबै क्षेत्र समेटिएको यो कार्यसमिति ३ वर्षको लागि निर्वाचित भएको हो।
