• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग


  • 599
    SHARES
    • कार्तिक २२, २०८३ शनिबार
    • ७ मिनेट अघि
    • 921 Views

    प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

    काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ ।

    images

    परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनः स्थापनाका लागि शुक्रबार साँझ काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो ।

    परिषद्ले ठमेलमा शुक्रबार साँझ आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डङ्गोलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।


    यसैबीच, कार्यक्रममा काठमाडौँका प्रजिअ पौडेलले विपद्को क्षणमा ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीले पीडितका लागि गरेको सहयोगको उच्च प्रशंसा गरे ।

    परिषद्का कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण, भौतिक संरचनाको पुनः स्थापना तथा प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले परिषद्ले उक्त रकम सहयोग गरेको जानकारी दिए ।

    पर्यटन क्षेत्रको विकास, प्रवर्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय रहँदै आएको परिषद्ले विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ ।

    भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको अवस्थामा परिषद्ले रसुवामा पुगेर रु २५ लाख बराबरको खाद्यान्न, भाडाकुँडा र लत्ताकपडा वितरण गरेको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए ।

    परिषद्ले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकार, निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थाबीच सहकार्य र एकताबद्ध प्रयास आवश्यक रहेको जनाएको छ ।

     


    तेस्रो आँखा