• ट्रेण्डिङ्ग :
वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थल विस्तार गर्ने

वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थल विस्तार गर्ने


  • 2.8K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.3K Views

    वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थल विस्तार गर्ने

    सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थलको विस्तार गर्ने भएको छ । यसअघि वैकल्पिक विमानस्थल बनाउनुपर्ने बताए पनि अब भने सुर्खेत विमानस्थलको विस्तार गर्न जुटेको हो ।  

    images

    मंगलबार सर्वदलीय, सर्वपक्षीय भेला गरेर नगरपालिकाले विमानस्थल विस्तारका लागि सुझाव समेत लिएको छ ।  

    नगरप्रमुख मोहनमाया ढकालले विमानस्थल विस्तार गर्ने कुरामा नगरपालिका अग्रसर भइरहेको बताइन् । त्यसका सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

     

    एजेण्डाहरु

    क) सुर्खेत विमानस्थलबाट दैनिक रुपमा बुद्ध एयरले २ र श्री एयरले १ वटा उडान सञ्चालन गरिरहेका छन् जसले गर्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र संघीय राजधानी काठमाडौँबिच आउने जाने काम सहज बनाएको छ । हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन नगरी नहुने क्षेत्रको विस्तार तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकार मार्फत संघीय सरकारसँग माग गर्ने ।

    ख) सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन सुर्खेत विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको उचित मुआब्जा तथा चलनचल्तीको मूल्यमा स्थानीय वासीहरुलाई उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकार मार्फत संघीय सरकारसँग माग गर्ने ।

    ग) कर्णाली प्रदेशको नमुनाको रुपमा रहेको विद्यालय श्री अमर ज्योति नमुना माद्यामिक विद्यालयमा हजारौँ विद्यार्थी अध्ययनरत भएको अवस्था र उक्त विद्यालय विमानस्थलको सिमानाको निकट छ, सुर्खेत विमानस्थलको विस्तार कार्यलाई सहज र छिटो छरितो गर्नका लागि उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रमसहित पहलकदमी लिन प्रदेश सरकारसँग सम्झौता गर्ने ।

    घ) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र कर्णाली प्रदेश अन्तर्गत रहेका विमानस्थल र नजिक रहेका विमानस्थलमा सुर्खेत विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग माग गर्ने र आवश्यक पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गर्ने ।

    ड) सुर्खेत विमानस्थलमा दैनिक रुपमा ३०० भन्दा बढी यात्रुहरु आवत जावत गर्ने विमानस्थलमा परिणत भएको अवस्था छ । तर भौतिक संरचनामा कुनै सुधार भएको अवस्था छैन । तसर्थ टर्मिनल भवन, यात्रु बस्ने स्थान, शौचालय व्यवस्थित लगायत आवश्यक भौतिक संरचना निर्माण गर्न नेपाल उड्डयन प्राधिकरणसँग माग गर्ने ।

    च) सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट गरिएका निर्णयहरू कार्यपालिकाको बैठक मार्फत कार्यान्वयनका लागि अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने।


    तेस्रो आँखा