• ट्रेण्डिङ्ग :
तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट

तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट


  • 3.7K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.7K Views

    तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट

    तुलसीपुर,२६ पुस/ तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आपत्ति जनाएका छन् ।

    images

    बिहीबार सूचना जारी गरि उपमहानगरपालिकामा राजश्व ब्यबस्थापन शाखा अन्तर्गत नदीजन्य पदार्थ चोरी निकासीको अनुगमनका लागि खटिएका कर्मचारी डिल्लीराज न्यौपानेमाथि कुटपिट गरेको कर्मचारीहरुले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । बुधबार बेलुकी ९ बजेतिर तुलसीपुर १८ हेमन्तपुर निवासी गोविन्द नेपालीसहितले कुटपिट गरेको भन्दै दोषीमाथि कारवाहीको माग गरिएको छ ।‘

    कार्यालयको गेटमा बोलाई नियोजित रुपमा कुटपिट गरि आक्रमण गर्ने र कर्मचारीको मनोबल गिराउने कार्य गरेकाले राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा एवं घोर भ्रत्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । कर्मचारी सुरक्षाको सुनिश्चित नभएमा थप आन्दोलनका कार्र्यक्रम जारी राख्ने समेत कर्मचारीहरुले बताएका छन् ।

    418515947_919938313053090_7226722733247133233_n.jpg


    तेस्रो आँखा