• ट्रेण्डिङ्ग :
अमेरिका र बेलायतले थाले हुथी विद्रोहीविरुद्ध भीषण आक्रमण

अमेरिका र बेलायतले थाले हुथी विद्रोहीविरुद्ध भीषण आक्रमण


  • 2.8K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.4K Views

    अमेरिका र बेलायतले थाले हुथी विद्रोहीविरुद्ध भीषण आक्रमण

    अमेरिका र बेलायतले यमनको इरान समर्थित हुथी विद्रोही समूहविरुद्ध भीषण आक्रमण शुरु गरेका छन्। 

    images

    गाजामाथि इजरायली आक्रमणयता हुथी समूहले लाल सागरमा पश्चिमा देशका मालवाहक पानी जहाजमाथि आक्रमण गर्दै आएको थियो। यसविरुद्ध अमेरिका र बेलायती सेनाले संयुक्त रुपमा आक्रमण शुरु गरेका हुन्। 

    दुवै देशका सेनाले मिसाइल तथा लडाकु जेटबाट आक्रमण गरेको पुष्टि गरेका छन्। हुथी समूहविरुद्ध अमेरिका र बेलायतले गरेको यो पहिलो जवाफी कारबाही हो। गत महिनादेखि ह्वाइट हाउसले हुथी समूहलाई लाल सागरमा आक्रमण रोक्न र नरोके कडा कारबाही गर्ने चेतावनी दिँदै आएको थियो। 

    अमेरिकाको चेतावनीपछि केही हप्ता आक्रमण रोकेको हुथी समूहले गत मंगलबार ड्रोन तथा मिसाइल प्रयोग गरी मालबाहक जहाजमा आक्रमण गरेको थियो। 

    हिजो हुथी समूहले अदनको खाडीमा एक मालबहाक जहाजमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । गत नोभेम्बर यता इरान समर्थित हुथी समूहले लाल सागरमा ड्रोन तथा मिसाइलबाट २७ वटा आक्रमण गरेको छ। 

    हुथी समूहका एक कमाण्डर अब्दुल कादर अल मोर्तदाले अमेरिका र बेलायतले यमनको राजधानी सना, सादा, धमार लगायतका क्षेत्रमा दर्जनौँ पटक हवाइ आक्रमण गरेको सामाजिक सञ्जाल एक्स मार्फत् पुष्टि गरेका छन्।


    तेस्रो आँखा