• ट्रेण्डिङ्ग :
सुकौराकोट दरवारको संरक्षण गर्न एक करोड बजेट विनियोजन : गिरी  

सुकौराकोट दरवारको संरक्षण गर्न एक करोड बजेट विनियोजन : गिरी  


  • 3.9K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.0K Views

    सुकौराकोट दरवारको संरक्षण गर्न एक करोड बजेट विनियोजन : गिरी  

    प्रमोद आचार्य,दंगीशरण २७ पुस/ पूर्व सिंचाईमन्त्री दिपक गिरीले थारु राजा दंगीशरण बसेको सुकौराकोट दरवारको जिर्णोदार तथा भग्नाबशेषलाइ संरक्षण गर्न र थारु साँस्कृतिक इतिहास रक्षाका लागि १ करोड बजेट बिनियोजन गरेको बताएका छन् । दंगीशरण गाउँपालिकाको आयोजनामा दंगीशरण मघौटा म्याला २०८० को उद्घाटन गर्दै प्रतीनिधिसभा सदस्य गिरीले यस्तो बताएका हुन । शुक्रबारुदेखि सुरु भएको मेला भोलीसम्म चल्ने छ ।

    images

    माघ म्याला उद्घाटन गर्दै प्रतीनिधिसभा सदस्य गिरीले आफु थारु रहनसहनमा हुर्किएकाले थारुको संस्कृति परम्परा बारे आफु जानकार रहेको बताए । अहिलेको समयमा थारुयुवाले थारु संस्कृती तथा परम्परा भुल्दै गएकोप्रती चिन्ता ब्यक्त गर्दै उनले अबको आवस्यकता युवाहरुमा थारु सस्कृती तथा परम्पराको पुस्ता हस्तान्तरण आवस्यक रहेको बताए  । बिकासको गती क्रमिक रुपमा भइरहेको बताउँदै गिरीले आफु सिचाइमन्त्री हुँदा ८८ वटा डिप बोरिङ यहि क्षेत्रमा ल्यायर सिचाइमा ठुलो विकास लयाएको बताए । जनताको हरेक सुख दुखमा आफु सदैब लागीरहेको बताउदै गिरीले कुनै समस्या परे आफुलाइ निर्धक्क सङ्ग सम्पर्क गर्न पनि आग्रह गरे ।

    थारु सस्कृतीको संरक्षणमा चासो अनि चिन्ता राख्ने  गिरीले ७ वटै वडाका मतहवालाइ पुरानो सस्कार अनुरुप माघ १ गतेका दिन नदि तथा खोलामा पैसाको सिक्का चढायर नुहाउने प्रचलन जोगाउन पैसाको सिक्का प्रदान गर्दै खादा ओढाएर सम्मान गरेका थिए । यस्तै उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले दंगीशरण गाउँपालिकाले थारु सस्कृती ओगाउन माघि महोत्सव आयोजना गरेर सराहनीय काम गरेको बताए  थारु राजा दंगीशरणले राज्य गरेको ठाउँमा परिचित दंगीशरणको पहिचान झल्क्ने नृत्य तथा परीकारले आफु अत्यन्तै हर्षित रहेको प्रमुख सुवेदीले बताए ।

    कार्यक्रममा थारु सस्कृतविद एकराज चौधरी, चुर्ण चौधरी, वडा अध्यक्षहरु तथा बिभिन्न पार्टी प्रतिनिधिहरुले थारु सस्कृती तथा माघि पर्वका वारेमा आ आफ्नो भनाइ राखेका थिए । महोत्सवमा थारु नृत्यहरु ढोलाहा नाच,कठ्घोरी नाच,लठ्हवा नाच,सोरठी नाच,गोर्या नाच ,थारु हस्तकलासँगै थारु परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी लगायतका विभिन्न परिकारहरु तथा थारु केन्द्रिय तथा जिल्ला स्तरका कलाकारहरुको प्रस्तुती राखेका थिए ।

    २ दिनसम्म चल्ने माघिमहोत्सवको आज पहिलो दिन माघिमहोत्सव मुल समितीका सयोजक शुकलाल चौधरीको अध्यक्षता,प्रतीनिधिसभा सदस्य पुर्व सिचाइमन्त्री दिपक गिरीको प्रमुख आथित्यता,तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको विशिष्ट आथित्यतामा उद्घाटन समापन गरिएको थियो ।

    411509524_1085099389609842_8144559750094448339_n.jpg


    तेस्रो आँखा