• ट्रेण्डिङ्ग :
कोइलाखानी दुर्घटना हुँदा चीनमा १० जनाको मृत्यु, ६ बेपत्ता

कोइलाखानी दुर्घटना हुँदा चीनमा १० जनाको मृत्यु, ६ बेपत्ता


  • 3.6K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.5K Views

    कोइलाखानी दुर्घटना हुँदा चीनमा १० जनाको मृत्यु, ६ बेपत्ता

    झेङझोउ । मध्य चीनको हेनान प्रान्तको पिङडिङसान सहरस्थित कोइलाखानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना बेपत्ता रहेका स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

    images

    दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइलाखानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    दुर्घटना हुँदा त्यहाँ ४२५ कामदारले काम गरिरहेको जानकारीमा आएको छ । तीमध्ये फसेका ३८० जनालाई खानीबाट बाहिर निकालिएको थियो । बाँकी कामदार सबै सकुशल रहेको बताइएको छ । कोइलाखानी सञ्चालकलाई सार्वजनिक सुरक्षा अधिकारीले हिरासतमा राखेका छन् ।

    आपत्कालीन व्यवस्थापन मन्त्रालयबाट खटिएको कार्यदल शनिबार बिहान घटनास्थल पुगेको थियो । मन्त्रालयले मृतक र बेपत्ता व्यक्तिको संख्या यकिन गर्न, खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न तथा थप जोखिम रोक्न र दुर्घटनाको कारण यथाशीघ्र पत्ता लगाउन पहल गर्न आग्रह गरेको छ । उद्धार कार्य अझै जारी छ । रासस/सिन्ह्वा


    तेस्रो आँखा