दिल्ली । भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२३ मा बढेर ५.६९ प्रतिशत पुगेको भारतका पछिल्ला सरकारी तथ्याङ्कले देखाएको छ।
सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार डिसेम्बर २०२३ मा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मा आधारित मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ।
नोभेम्बर २०२३ मा सिपिआई ५.५५ प्रतिशत थियो। मुख्यतया केही खाद्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण भारतमा डिसेम्बरमा खुद्रा मुद्रास्फीति बढेको हो।
