• ट्रेण्डिङ्ग :
कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला

कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला


  • 3.0K
    SHARES
    • माघ १, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला

    काठमाडौँ । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लङ्घनकर्तालाई देश निकाला गरेको जनाएको छ ।

    images

    कुवेतले कानुन उल्लङ्घन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो । आन्तरिक मन्त्रालयका सबै शाखाले सक्रिय रूपमा निवास र रोजगार कानुनको उल्लङ्घन गर्ने व्यक्तिहरूलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको एक सुरक्षा अधिकारीले जनाएका छन् । रेसिडेन्सी र रोजगार कानुन उल्लङ्घन गर्नेहरूको ठुलो समूहलाई लक्षित गरी धरपकड गर्ने जनाइएको छ ।


    तेस्रो आँखा