नेपाली कांग्रेस क्षेत्र नम्बर २ को सभापति पदमा नेता गिरीराज सुबेदीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आँफू क्षेत्रीय सभापतिका लागि सक्षम ब्यक्ति भएको भन्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । तेस्रो आँखाले सुबेदीसंग उनको उम्मेदवारीका बिषयमा कुराकानी गरेको छ ।
तपाईको उम्मेदवारी किन ?
संगठन बिस्तार देखि संगठन सुदृढिकरणका सवालमा नेतृत्व तहमा केहि कमजोरी देखा परेका छन् । यि कमजोरीलाई कसरी हटाएर कांग्रेसको संगठनलाई चुस्त बनाउन सकिन्छ ? भन्ने मेरो चिन्तन हो । म बिद्यार्थी संघको राजनीतिबाट आएका कारण पनि कांग्रेसको तल्लो तहमा संगठनलाई मजवुत बनाउनु पर्छ भन्ने सोँच र ज्ञान मलाई छ । त्यसोत, म क्षेत्रीय सभापति भएर संगठनलाई एकताबद्ध पार्ने अवसर मेरा अगाडी यसअघि पनि आएको थियो । तर क्षेत्रीय समिति समायोजनका क्रमम म क्षेत्रीय सभापति पदमा रहि रहन पाएन । जसरी क्षेत्रको संगठनलाई चुस्त बनाउने भन्ने मेरो अभिलाषा थियो, मैले पुरै अवधि काम गर्न नसकेर समायोजनका कारण पदबाट ब्याक हुनु पर्यो । त्यो बेला क्षेत्रको सभापति बनेर पुरै अवधि काम गर्न नसकेको म भित्र संगठन बिस्तार र मजबुतीको अभिलाषा अहिले पनि कायमै छ । अहिले पुनः मौका पाएँ भने मेरो ज्ञान सीप प्रयोग गरेर संगठनलाई चुस्त बनाउने अभियानमा अगाडी बढेको हुँ । संगसंगै पार्टी भित्रको मजबुत एकताका लागि पनि मैले आफ्नो उम्मेदवारी तय गरेको छु । यसका साथै अहिले कांग्रेसको अधिवेशनमा युवा शक्ति बेजोड रुपमा आएको छ । युवा शक्तिलाई प्राथमिकतामा राखेर कांग्रेसको संगठन सुदृढिकरण हुन्छ भन्ने मानसिकतामा म छु । यसर्थ अहिले भुमिका बिहिनताको अवस्थामा पुर्याईएका भातृसंस्था तथा शुभेच्छुक संस्थाहरुलाई सकृय रुपमा मुभ गराएर संगठनलाई बजवुत बनाउन सकिन्छ , म यो कार्यदिशा तर्फ लाग्ने छु । अनि अन्य राजनीति शक्तिहरुले हाम्रो संगठन प्रति पुर्याउन सक्ने क्षेती रोक्नका लागि निरन्तर उनिहरुको भुमिका प्रति निगरानी राख्नु पर्ने मैले देखेको छु । कांग्रेसको योगदानलाई समेत हाम्रो योगदान भनेर जसरी अन्य दलहरुले भजाई रहेका छन्, हामीहरुले अन्य दलहरुको त्यो भुमिकालाई चिर्न सकेका छैनौँ । यसर्थ हाम्रा लागि यो अर्को अपरिहार्य कदम हुनु पर्छ ।
तपाईले भनेजस्तो पार्टी भित्रको एकता सहज छ ?
यो बिशेषगरि के थियो भने हाम्रो अभिभावक खुमबहादुर खड्का, बलदेव मजगैयाँ, तिर्थराज चैतु हुनुहुन्थ्यो । उहाँहरुले गार्जेनसिप लिनु भएको थियो । पछिल्लो चरणमा उहाँहरु मध्य खुमबहादुर खड्काको निधन भैसक्यो । बलदेव दाई राजनीतिबाट निष्कृय भएर बस्नु भयो । चैतु दाई स्वास्थ्यका कारण राजनीतिबाट निष्कृय जस्तै हुनु पर्यो । त्यसपछि दाङ कांग्रेस भित्र बिचलनको अवस्था निम्तीएको छ । नेतृत्वको कमी भएको छ । यसर्थ हामी सबै पुराना साथीहरु बसेर एउटा सहमतीमा पुग्न सक्ने वातावरण बन्छ । पार्टीलाई पुनः अनुशाशित ढंगबाट अगाडी लैजान सकिन्छ । दाङ कांग्रेसको उर्वराभुमी हो । यो भुमिलाई कांग्रेसकै भुमि बनाएर अगाडी बढाउनका निम्ती हामी बिचको एकता अपरिहार्य हो । पुराना साथीहरु र नयाँ पुस्ता बिचको सहकार्य हुने वातावरण भयो भने पार्टीको संगठन एक बनेर थप मजवुत बन्नेमा कुनै शंकै रहन्न ।
तल्ला कमिटिको अधिवेशनमै त्यो देखिएन, चुनौती त देखियो नि ।
सजिलो त पक्कै छैन, चुनौती छन् । कांग्रेस भित्रको जनशक्ति ठूलो छ । सिट सिमित छन् । अनि पार्टी, तथा भातृसंस्थाहरुको अधिवेशन लामो समय सम्म हुन सकेनन् ।यसले गर्दा पार्टी भित्र लोड थियो । भातृसंस्थाका साथीहरु सबै पार्टीको अधिवेशनमा होमिनु भयो । हामीहरुले मिलाउने प्रयास गर्दागर्दै पनि कतिपय ठाउँहरुमा स्वाभाविकै रुपमा लोकतान्त्रीक अभ्यास गरेर जानु पर्छ भन्ने भयो । चुनावलाई अन्यथा लिनु हुँदैन । पार्टी भित्रको आन्तरिक प्रतिष्पर्धा हो । यसलाई सामान्य रुपमा लिनु पर्छ ।
सबैले ‘वीनवीन’ को महशुस गर्ने वातावरण बन्न सक्छ उसो भए ?
को साथी कसको स्वभाव संग मेल खान्छ , ति स्वभावहरुको सहकार्य भएको मात्रै हो । यहाँ चाहिँ ठुलै गुटगत प्रतिष्पर्धा भएको भनेर भन्न मिल्दैन । हामीहरुलाई अहिले नेतृत्व लिने नेताहरुको खडेरी छ । यो परिस्थतीमा थप बृहत गुट बनाएर प्रतिष्पर्धामा जाने मनस्थिती हामी नेताहरुको छैन । हामी सबै सचेत छौँ । तर पनि के हो भने गुटगत राजनीति शून्य नै हो भनेर पनि भन्न सकिने अवस्था त हैन । तर बृहत गुटगत प्रतिष्पर्धा भएको अवस्था भने हैन ।
यहाँको उम्मेवारी घोषणा भयो , तर सहमती हुन सक्ने सम्भावना कति छ ?
सम्भावना रहन्छ । स्वाभाविकै रुपमा म क्षेत्रीय सभापतिको आकांक्षी सुरु देखिनै हुँ । तर पनि मैले साथीहरुको सरसल्लाह, सहकार्यबाट कुराहरु आउला छलफल गरौँला र यो बिषयलाई टुंग्याउँला भन्ने मै म थिएँ । तर अहिले साथीहरुले उम्मेदवारी घोषणा गर्न थाल्नु भयो । अरु साथीहरुले घोषणा गर्दैगर्दा म त स्वाभाविकै रुपमा म पहिले पनि सभापति भएको र कार्यकाल पुरा हुन नपाउँदा मेरो त ईच्छा पहिले देखिनै थियो । तर साथीहरु संगै बसेर उम्मेदवारी टुंगिएला भन्ने मैले सोचेँ । तर अरु साथीहरुले उम्मेदवारी घोषणा गरिसकेपछि मलाई पनि उम्मेदवारी घोषणा गर्नु नैतिक बाध्यता आईपरेको हो । तर कुरा के हो भने मेरो उम्मेदवारी आईसकेको भएपनि सहमतीको बाधक म बन्दैन । जायज निष्कर्ष निसक्यो भने म बाधक बन्ने कुरै हुन्न । यसका लागि नेताहरुका बिचमा छलफल भैरहेको पनि छ । सहमती असम्भव भन्ने पनि हैन ।
