• ट्रेण्डिङ्ग :
गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन 

गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन 


  • 4.5K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.9K Views

    गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन 

    बझाङ ४ माघ/बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । उनको बुधबार राति बाजुराको वाइस्थित आफ्नै निवासमा मृत्यु भएको पालिकाले जनाएको छ ।

    images

    २०७४ सालमा उनको पाठेघरको क्यान्सरको अपरेसन भएको थियो । गत भदौमा विरामी भएकी उनको सुरुमा किड्नीमा क्यान्सर देखिएको थियो । किड्नीको शल्यक्रिया गरे पनि क्यान्सरको संक्रमण अन्य अंगमा फैलिएका कारण उनको उपचार सम्भव नभएको गाउँपालिका अध्यक्ष भरत रोकायाले बताए ।

    स्वामीकार्तिक खापर गाउँपालिका –४ वाइ निवासी जोशी २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन । मृतक जोशीका श्रीमान्, दुई छोरी र दुई छोरा छन् । 

     


    तेस्रो आँखा