• ट्रेण्डिङ्ग :
बिष्फोटमा परी ओयोका २ जनाको मृत्यु, दर्जनौँ घाइते

बिष्फोटमा परी ओयोका २ जनाको मृत्यु, दर्जनौँ घाइते


  • 3.0K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.7K Views

    बिष्फोटमा परी ओयोका २ जनाको मृत्यु, दर्जनौँ घाइते

    काठमाडौं ४ माघ/ नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोको एक आवासीय क्षेत्रमा भएको बिष्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका छन् । राज्यका गभर्नर सेई माकिन्देले यसबारेमा जानकारी दिनुभएको हो ।

    images

    बिष्फोटमा घाइते भएका ७७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको बताइएको छ । ओयोको राजधानी इबादान जिल्लाको बोडिजामा रहेको एक निजी निवासमा बिष्फोट भएको थियो । बोडिजाको एउटा घरमा गैरकानूनी रुपमा बिष्फोटक उपकरणहरू भण्डारण गरेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार बिष्फोटका कारण धेरै भवनहरु ध्वस्त भएका छन् ।


    तेस्रो आँखा