• ट्रेण्डिङ्ग :
जापानले पनि अन्तरिक्षमा इतिहास रच्यो, चन्द्रमामा 'स्लीम' को सफल अवतरण

जापानले पनि अन्तरिक्षमा इतिहास रच्यो, चन्द्रमामा 'स्लीम' को सफल अवतरण


  • 4.1K
    SHARES
    • माघ ७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.3K Views

    जापानले पनि अन्तरिक्षमा इतिहास रच्यो, चन्द्रमामा 'स्लीम' को सफल अवतरण

    टोकियो । जापानको अन्तरिक्ष एजेन्सीले शनिबार बिहान आफ्नो अन्तरिक्ष यान चन्द्रमामा रहेको तर अझै "यसको अवस्था बारे जाँच" गरिरहेको बताएको छ । यानको विषयमा जानकारी दिँदै अधिकारीहरूले थप विवरण पछि उपलब्ध गराइने बताए । 

    images

    चन्द्रमा अनुसन्धानका लागि स्मार्ट ल्यान्डर वा स्लीम, स्थानीय समय अनुसार बिहान करिब १२:२० मा चन्द्रमाको सतहमा अवतरण भएको थियो। उक्त अन्तरिक्ष यानमा कुनै पनि अन्तरिक्ष यात्री थिएनन् । 

    23_14_25916802700.jpg

    यदि एसएलआईएम (SLIM) को कार्य सफलतापूर्वक सुरु भयो भने अमेरिका, रुस, चीन र भारत पछि यो उपलब्धि हासिल गर्ने जापान पाँचौं देश हुनेछ। 

    अन्तरिक्ष यानले चन्द्रमाको सतहमा छोएपछि, जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीको मिसन कन्ट्रोल सेन्टरले सबै योजना अनुसार नै भएको बताएको थियो। यद्यपी अवतरण सफल भयो वा भएन भन्ने बारे भने केही उल्लेख गरिएको छैन । मिशन कन्ट्रोलले दोहोऱ्याउँदै भन्यो कि यानको पछिल्लो अवस्थाको अनुसन्धान जारी रहेको छ र थप जानकारी एक प्रेस सम्मेलन मार्फत प्रदान गरिनेछ। 

    23_15_36747171000.jpg
    स्लीम अन्तरिक्ष यान 

    पत्रकार सम्मेलन कहिले सुरु हुन्छ भन्ने टुंगो लागेको छैन । स्लीमलाई गत सेप्टेम्बरमा प्रक्षेपण गरिएको थियो र यो गत २५ डिसेम्बरमा चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो।


    तेस्रो आँखा