तेस्रोआँखा डेस्क । यतिवेला भारतको अयोध्या मात्र होइन, सारा विश्व नै राममयमा छ । अब प्रभूश्रीरामको अभिषेक गर्न केही क्षण मात्रै बाँकी छ । भगवान रामको अभिषेकको लागि सारा विश्व उत्सुकतापूर्वक पर्खिरहेको छ। यसैबीच उद्योगपति मुकेश अम्बानीको घर एन्टिलियालाई पनि केसरी र ‘जय श्री राम’ लेखिएको बत्तीले सजाइएको छ । भारतिय समाचार एजेन्सी एएनआईले सामाजिक सञ्जालमा यसको भिडियो शेयर गरेको छ । मुकेश अम्बानीलाई पनि प्राण प्रतिष्ठाको निम्तो दिइएको छ ।
भिडियोमा रिलायन्स इंडस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीको घर एन्टिलियालाई भगवा रंगको बत्तीले उज्यालो पारिएको देख्न सकिन्छ । एन्टिलियाको भित्तामा ‘जय श्री राम’ लेखिएको देखिन्छ । एन्टिलियाको माथिल्लो तल्लामा राम मन्दिरको प्रतिकृति पनि देखाइएको छ। स्मरण रहोस् कि प्रधानमन्त्री नरेन्द्र मोदीले प्राणप्रतिष्ठाको दिन देशवासीलाई घर-घरमा दीप प्रज्वलन गर्न अपील गरेका थिए। राम मन्दिरमा सोमबार हुन लागेको अभिषेक समारोहका लागि अयोध्या सहरलाई दुलही जस्तै सिंगारिएको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले बहुप्रतिक्षित यस समारोहको धार्मिक अनुष्ठानमा भाग लिनेछन् । यो मन्दिर यस समारोहको भोलिपल्ट सर्वसाधारणका लागि खोलिनेछ। ‘प्राण प्रतिष्ठा’ दिउँसो १२ बजेर २० मिनेटमा सुरु हुने र दिउँसो १ बजेसम्म सम्पन्न हुने बताइएको छ । त्यसपछि प्रधानमन्त्रीले कार्यक्रम स्थलमा सन्त र सन्त प्रतिष्ठित व्यक्तित्वलगायत सात हजारभन्दा बढीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भिडियो हेर्न तलको लिंकममा क्लिक गर्नुहोला ।
https://twitter.com/i/status/1749105925892555151
