• ट्रेण्डिङ्ग :
टेलर स्वीफ्टलाई पिछा गर्ने व्यक्ति पक्राउ

टेलर स्वीफ्टलाई पिछा गर्ने व्यक्ति पक्राउ


  • 3.0K
    SHARES
    • माघ १०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.6K Views

    टेलर स्वीफ्टलाई पिछा गर्ने व्यक्ति पक्राउ

    न्यूयोर्क । अमेरिकी गायिका टेलर स्वीफ्टको न्यूयोर्कस्थित निवासमा उनलाई ‘उत्पीडन’ र ‘पिछा’ गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    images

    गायिका स्वीफ्टले प्रहरीमा ‘भावनात्मक रूपमा विचलित पुरुषले अमर्यादित व्यवहार गरेको’ भन्दै उजुरी दिएपछि प्रहरीले सिएटलका ३३ वर्षे डेभिड क्रोवेलाई पक्राउ गरेको हो ।

    प्रहरीले डेभिडलाई ‘उत्पीडन’ र ‘पिछा’ गरी दुई मुद्दा दर्ता गराएको छ । यो घटना स्वीफ्टको घर तोडफोडको प्रयास भएपछि सार्वजनिक भएको हो । घर तोडफोड हुँदा गायिका प्रेमी एनएफएल खेलाडी ट्राभिस केल्सलाई समर्थन गर्न गएकी थिइन् । 

    ट्राभिसको टिमले कान्सास सिटीका प्रमुखहरूसँग बफेल्लो बिल्स खेलेको थियो । पक्राउ परेका व्यक्तिले उत्पीडन वा पिछा गरेको हो कि होइन भन्ने प्रहरीले पुष्टि गरेको छैन ।

    स्वीफ्टको न्यूयोर्कमा रहेको घर र क्यालिफोर्निया तथा रोड आइसल्याण्डमा आफ्नो स्वामित्वमा रहेको घर अज्ञात व्यक्तिको निशानामा परिरहेको छ ।

    सन् २०२२ मा ‘ग्रामी अवार्ड’ विजेता गायिकाको न्यूयोर्कस्थित घरमा मदिरापान गरेर गाडी चलाएको र घर भित्र प्रवेश गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको थियो । त्यस्तै रोजर अल्भाराडो नामका एक व्यक्ति स्वीफ्टको घरभित्र प्रवेश गरेर खाटमा सुतिरहेको अवस्थामा भेटेपछि प्रहरीले उनलाई पक्रेर ६ महिना जेल चलान गरेको थियो ।


    तेस्रो आँखा