• ट्रेण्डिङ्ग :
२९ हजार नक्कली लाइसेन्स निष्क्रिय, ७२ हजार लाइसेन्सको जाँचबुझ गरिँदै

२९ हजार नक्कली लाइसेन्स निष्क्रिय, ७२ हजार लाइसेन्सको जाँचबुझ गरिँदै


  • 3.9K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.0K Views

    २९ हजार नक्कली लाइसेन्स निष्क्रिय, ७२ हजार लाइसेन्सको जाँचबुझ गरिँदै

    काठमाडौं । यातायात व्यवस्था विभागले फर्जी फेला पारेका एक लाख दुई हजारमध्ये २९ हजार सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) निष्क्रिय पारेको छ ।

    images

    सम्पूर्ण विवरण हटाएर लाइसेन्स नम्बर मात्रै बाँकी राखिएका करिब २९ हजार लाइसेन्स विभागको डाटाबेसमा थिए । ती लाइसेन्स कसैलाई जारी हुन नसक्ने गरी सिस्टममा विवरण राख्न खोज्दा ‘रेस्पोन्स’ नहुने गरी निष्क्रिय पारिएको विभागका महानिर्देशक उद्धवप्रशाद रिजालले बताए ।

    यस्तै, वितरण भइसकेका तर फर्जी आशंका गरिएका करिब ७२ हजार लाइसेन्सको जाँचबुझ गर्न प्रदेश सरकारलाई भनिएको विभागले जनाएको छ । लाइसेन्स जारी गर्ने र खारेज गर्न सक्ने अधिकार प्रदेश सरकारसँग छ ।

    विभागले लाइसेन्सको सम्पूर्ण अनलाइन सिस्टमका हकमा मात्रै सातै प्रदेशका लागि समन्वय गर्दै आएको छ ।

    त्यसैकारण वितरण भइसकेका ७२ हजार फर्जी देखिएका लाइसेन्सबारे जाँचबुझ गर्न प्रदेश सरकारहरूलाई जानकारी गराएको विभागले जनाएको हो ।

    प्रदेश सरकारले यस्ता लाइसेन्सको जाँचबुँझ गर्ने र फर्जी पुष्टि भएपछि खारेज गर्न सक्ने विभागका महानिर्देशक रिजालले बताउँछन् ।

    पुरानो कागजी लाइसेन्स बताएर कयौँ नयाँ फर्जी लाइसेन्स जारी भएको विभागको आँकलन छ ।

    त्यस्ता कागजी लाइसेन्स पहिले जारी भए/नभएको कुरा ढड्डा हेरेर पुष्टि गरेर मात्रै थाहा हुने विभागले जनाएको छ ।

    देशभर सातै प्रदेशका ३५ वटा यातायात कार्यालयबाट फर्जी लाइसेन्स जारी भएको आशंका गरिएको छ ।


    तेस्रो आँखा