• ट्रेण्डिङ्ग :
मालीमा सुनखानी भत्किँदा ७० श्रमिकको मृत्यु

मालीमा सुनखानी भत्किँदा ७० श्रमिकको मृत्यु


  • 3.1K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    मालीमा सुनखानी भत्किँदा ७० श्रमिकको मृत्यु

    माली । मालीमा अस्थायी सुन खानी भत्किँदा ७० भन्दा मजदुरहरुको मृत्यु भएको छ । मृतकको संख्या बढ्न सक्ने आशंका सहित खोजीकार्य जारी छ । घटनास्थलमा उपस्थित माली चेम्बर अफ माइन्सका अध्यक्ष अब्दुलाये पोनाले दुर्घटना हुँदा खानीमा करिब एक सय जना उपस्थित रहेको बताए । 

    images

    समाचार एजेन्सी एपी रिपोर्टका अनुसार दक्षिण-पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा शुक्रबार दुर्घटना भएको हो। तर, मंगलबार पहिलो पटक खानी मन्त्रालयले औपचारिक रुपमा विज्ञप्ति जारी गर्दै दुर्घटनामा ‘धेरै’ खानी कामदारको मृत्यु भएको आशंका व्यक्त गरेको छ । सरकारको राष्ट्रिय भूगर्भ तथा खानी निर्देशनालयका बरिष्ठ अधिकारी करिम बर्थेले एपीलाई दुर्घटना भएको पुष्टि गरे।

     

     मालीमा यस्ता दुर्घटना सामान्य

    अफ्रिकाको तेस्रो नम्बरमा सुन उत्पादन गर्ने देश मालीमा यस्ता दुर्घटना सामान्य हुन् । यहाँको सरकारमाथि  दुर्गम क्षेत्रका खानीहरूमा काम गर्दा सुरक्षा उपायहरूलाई बेवास्ता गरेको आरोप श्रमिकहरूले लगाएका छन्। बार्थेले भने, 'भविष्यमा यस्ता दुर्घटना हुन नदिन सरकारले खानी क्षेत्रमा प्रणाली ल्याउनुपर्छ ।

    खानी मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । मन्त्रालयले खानी र खानी स्थल नजिक बसोबास गर्ने समुदायलाई 'सुरक्षा नियमहरू पालना गर्न' आग्रह पनि गरेको छ।

     

     सुन मालीको सबैभन्दा महत्त्वपूर्ण निर्यात हो।

     अमेरिकी वाणिज्य विभागसँगको अन्तर्राष्ट्रिय व्यापार प्रशासनका अनुसार, 'सन २०२१ मा कुल निर्यातको ८०% भन्दा बढी रहेको मालीको सबैभन्दा महत्त्वपूर्ण निर्यात सुन हो। २० लाख भन्दा बढी मानिसहरू, वा मालीको जनसंख्याको १०% भन्दा बढी, आम्दानीको लागि खानी क्षेत्रमा निर्भर छन्।


    तेस्रो आँखा