• ट्रेण्डिङ्ग :
नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन


  • 4.2K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.5K Views

    नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन

    काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन दिएको छ ।

    images

    महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सूचना निकालेर अहिले शैक्षिक सत्रको समय नभएकाले विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न सबै विद्यालयलाई निर्देशन गर्नुभएको हो ।

    महानगर क्षेत्रभित्रका केही विद्यालयले अनलाइन तथा अन्य विभिन्न माध्यमबाट शैक्षिक सत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको महानगरले जनाएको छ ।

    महानगरका शिक्षा अधिकारी कोइरालाले विद्यालयले विद्यार्थी भर्नासम्बन्धी कुनै सूचना प्रकाशित गरेको पाइएमा महानगर शिक्षा ऐन, २०७५ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिनुभयो । 


    तेस्रो आँखा