सरायकेला। भारतको झारखंड प्रदेशमा रहेको सरायकेला-खरसावन जिल्लाको एउटा अदालतले एक सरकारी स्कूलमा पढाउने शिक्षिकाको गर्धन छिनाएर हत्या गर्ने एक ३१ बर्षे व्यक्तिलाई बुधवार आजीवन कारावासको सजायँ सुनाएको छ । प्रधान जिला तथा सत्र न्यायाधीश विजय कुमारको अदालतले हरि हेम्ब्रमलाई भारतीय संहिता (आईपीसी) को धारा ३०२ (हत्या) को अपराधमा दोषी ठहर गर्दै आजीवन कारावासको सजा सुनाएको हो । अभियुुक्तलाई १० हजार भारतीय रुपियाँ जरिमाना पनि लगाईएको छ ।
सरायकेला प्रहरी चौकीमा दर्ता गराइएको उजुरीमा आरोपी हरि हेम्ब्रन मानसिक रूपमा विक्षिप्त थिए । उनले गत २०१८ को जुलाई महिनामा स्थानिय स्कूलमा अध्ययनरत एक शिक्षिकालाई कक्षाकोठा बाटै बाहिर तानेर गर्धन छिनाएका थिए । त्यसपछि छिनाइएको सिर बोकेर जंगलतिर भागेका हेम्ब्रनलाई प्रहरी र स्थानिय मिलेर समातेका थिए ।
