• ट्रेण्डिङ्ग :
मिथिला बिहारी नगरपालिकामा तालाबन्दी

मिथिला बिहारी नगरपालिकामा तालाबन्दी


  • 4.1K
    SHARES
    • माघ २१, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.2K Views

    मिथिला बिहारी नगरपालिकामा तालाबन्दी

    ढल्केबर, २१ माघ/धनुषाको मिथिला बिहारी नगरपालिकाको कार्यालयमा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् । नगरपालिकाका नगर प्रमुख राजेन्द्रप्रसाद यादवले करारका कर्मचारी भर्नाको नतिजा प्रकाशन गर्न आलटाल गरेको आरोप लगाउँदै वडाध्यक्षहरूले तालाबन्दी गरेका हुन् । 

    images

    नगरपालिकाले वैशाख १० मा करारका कर्मचारी भर्ना गर्न विज्ञापन प्रकाशन गरेको थियो । विज्ञापन अनुसार करार कर्मचारीको नतिजा प्रकाश नहुँदा नगरपालिकाको एम्बुलेन्स, जेसिबि लगायत अन्य सवारी साधन प्रयोगमा आउन नसकेको वडा नं। ८ का वडाध्यक्ष जीवछ यादवले बताउनुभयो । नगर प्रमुखलाई नतिजा प्रकाशन गर्न पटक-पटक आग्रह गर्दा कुराको सुनवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँले जानकारी दिनुभयो । 

    १० वटा वडा रहेको मिथिला बिहारी नगरपालिका वडा कार्यालयमा कार्यालय सहयोगी समेत नभएको कारणले काम गर्न एकदम कठिनाइ भएको उहाँको भनाइ छ । 


    तेस्रो आँखा