• ट्रेण्डिङ्ग :
हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार

हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार


  • 2.8K
    SHARES
    • माघ २५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.4K Views

    हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार

    काठमाडौं । इजरायलले प्यालेस्टिनी लडाकु समूह हमासद्वारा प्रस्तावित युद्धविराम सर्त अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका सर्त अस्वीकार गर्दै केही महिनाभित्र पूर्ण विजय सम्भव रहेको बताउनुभएको छ ।

    images

    इजरायल समर्थित युद्धविराम प्रस्तावको जवाफमा हमासले शृङ्खलाबद्ध मागहरू राखेपछि प्रधानमन्त्री नेतान्याहुले असहमतिसहितको प्रतिक्रिया दिनुभएको हो ।

    शान्तिको लागि सम्झौतामा पुग्ने प्रयास जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री नेतान्याहुले पूर्ण र अन्तिम विजय बाहेक अर्को समाधान नभएको बुधबार पत्रकार सम्मेलनमा बताउनुभयो ।

    प्रधानमन्त्री नेतान्याहुको टिप्पणीले इजरायल मध्यपूर्वमा द्वन्द्व जारी राख्‍ने चाहेको पुष्टि भएको हमास नेताको प्रतिक्रिया छ । इजिप्ट र कतारको मध्यस्थतामा नयाँ चरणको वार्ता कायरोमा हुने अपेक्षा गरिएको इजिप्टको आधिकारिक स्रोतले बीबीसीलाई बताएको छ ।

    इजिप्टले सबै पक्षहरूलाई शान्ति सम्झौता निष्कर्षमा पुर्‍याउन आवश्यक लचक हुन आह्वान गरेको समाचार स्रोतले उल्लेख गरेको छ । हमासले मंगलबार युद्धविरामको प्रस्तावमा आफ्नो जवाफी प्रस्ताव राखेको थियो ।

    प्रस्तावित सम्झौताले गाजामा खाद्यान्न र अन्य सहायताको आपूर्ति बढाउने विश्वास गरिएको छ । १ सय ३५ दिनको युद्ध विरामसँगै पूर्णरुपमा युद्ध अन्त्य गर्ने विषयमा वार्ता सफल हुनेमा हमास विश्वस्त रहेको बताएको छ ।

    गतवर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिव १ हजार ३ सय इजरायलीको मृत्यु भएको थियो । इजरायलले गरेको जवाफी कारबाहीमा २७ हजार ७ सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । लगातारको इजरायली कारबाहीमा कम्तिमा ६५ हजार मानिस घाइते भएका छन् ।


    तेस्रो आँखा