• ट्रेण्डिङ्ग :
रङ्गेहात पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर

रङ्गेहात पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर


  • 5.3K
    SHARES
    • माघ २६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 8.2K Views

    रङ्गेहात पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर

    काठमाडौँ । घर बाटो सिफारिस बापत १५ लाख घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

    images

    घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यही माघ ३ गते रङ्गेहात पक्राउ गरेको थियो।  

    नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १५ लाख कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय हुने मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। 


    तेस्रो आँखा