• ट्रेण्डिङ्ग :
एक लाख बढी बाख्रालाई खोप लगाइँदै

एक लाख बढी बाख्रालाई खोप लगाइँदै


  • 3.6K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.6K Views

    एक लाख बढी बाख्रालाई खोप लगाइँदै

    दैलेख । दैलेखमा एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपीआरविरुद्वको खोप लगाइने भएको छ । भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले जिल्लाभरिका सबै बाख्रालाई निःशुल्क खोप लगाइने भएको हो ।

    images

    जिल्लाका करिब एक लाख १६ हजारभन्दा बढी भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइने पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर विष्टले बताउनुभयो । जिल्लाका ११ वटै स्थानीय तहमा उक्त सङ्ख्यामा पिपीआरविरुद्धको खोप लगाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    जिल्लामा यो अभियानलाई दुल्लु नगरपालिका–१ बाट खोप अभियान सुरु गरिएको कार्यालय प्रमुख विष्टले बताउनुभयो । दैलेखका ११ वटै पालिकामा दुई लाख ५० हजार बाख्रा रहेको उहाँले जानकारी दिनुभयो । 

    उहाँले जिल्लामा पर्याप्त मात्रामा खोप नभए पनि करिब आधा सङ्ख्या एक लाख १६ हजार बाख्रालाई पिपीआर खोप, करिब ४० हजार बढी कुखुरालाई रानीखेत खोप र बङ्गुरलाई स्वाइन फिभर खोप लगाउने लक्ष्य तय गरिएकोे बताउनुभयो ।


    तेस्रो आँखा