• ट्रेण्डिङ्ग :
मलेसियाको सर्वोच्च अदालतद्वारा एक दर्जन शरिया कानुन खारेज

मलेसियाको सर्वोच्च अदालतद्वारा एक दर्जन शरिया कानुन खारेज


  • 3.1K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.7K Views

    मलेसियाको सर्वोच्च अदालतद्वारा एक दर्जन शरिया कानुन खारेज

    काठमाडाैं । मलेसियाको सर्वोच्च अदालतले केलान्तान राज्यले बनाएको एक दर्जन बढी शरियामा कानूनलाई खारेज गरेको छ । अदालतले शरिया कानुनले संघीय सरकारको क्षेत्राधिकार उल्लंघन गरेको निष्कर्ष निकाल्दै खारेज गर्ने निर्णय लिएको हो ।

    images

    तर, मलेसियन इस्लामिक कट्टरपन्थीहरूले यो निर्णयको निन्दा गरेका छन् । यसले देशभरका धार्मिक अदालतहरूलाई कमजोर बनाउने डर रहेको कट्टरपन्थीहरूको धारणा छ । 

    नौ सदस्यीय संघीय अदालतले ८–१ को बहुमतबाट विपक्षीद्वारा सञ्चालित केलान्तान राज्य सरकारले बनाएको १६ कानुनलाई अवैध ठहर गरेको हो ।  जसमा यौन शोषण, यौन उत्पीडन, अनाचार र ’क्रस ड्रेसिङ’ (विपरीत लिङ्गका लुगा लगाउने) लगायतका क्षेत्र समेटिएको थियो ।

    अदालतले यी विषयहरूमा इस्लामिक कानून बनाउन सक्दैन,किनकि तिनीहरू मलेसियाको संघीय कानून अन्तर्गत पर्ने ब्याख्या गरिएको छ ।

    मलेशियामा शरिया र नागरिक कानूनद्वारा शासित मुस्लिमहरूका लागि व्यक्तिगत र पारिवारिक मामिलाहरू सहित दुई–स्तरीय कानुनी प्रणाली छ । मलय जातीय समूहको परिभाषा अन्तर्गत सबै मानिसहरूलाई मलेशियन कानून अन्तर्गत मुस्लिम मानिन्छ ।

    मलय जातीय समूहले देशको ३३ मिलियन जनसंख्याको दुई तिहाइ ओगटेको छ, जबकि ठूलो चिनियाँ र भारतीय अल्पसंख्यकहरू पनि मलेसियामा बस्छन् । रिया इस्लामिक कानून हो, जुन कुरान र हदीसमा आधारित छ । 


    तेस्रो आँखा