• ट्रेण्डिङ्ग :
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य
गण्डकीको मन्त्रीपरिषद् बैठक बागलुङको पञ्चकोटमा बस्ने

गण्डकीको मन्त्रीपरिषद् बैठक बागलुङको पञ्चकोटमा बस्ने


  • 4.4K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.7K Views

    गण्डकीको मन्त्रीपरिषद् बैठक बागलुङको पञ्चकोटमा बस्ने

    पोखरा । गण्डकी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि बागलुङको पञ्चकोटमा मन्त्रीपरिषद् बैठक डाकेको छ । सोमबार धार्मिक क्षेत्र पञ्चकोटमा बैठक आयोजना गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

    प्रदेश भित्रका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि घुम्ती रूपमा मन्त्रीपरिषद् बैठक आयोजना गर्न लागिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

    ‘हाम्रा ठाउँको प्रचार हामीले पनि गर्नुपर्छ । प्रदेशको समृद्धि पर्यटनमै छ,’ उनले भने, ‘त्यसमा टेवा पुग्ने गरी पञ्चकोटबाट सुरुआत गरिएको हो । आगामी दिनमा अन्य ठाउँहरूमा पनि बैठक आयोजना गर्छौँ ।’

    पञ्चकोटमा फागुन ९ देखि २३ गते सम्म ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ आयोजना गरिएको छ ।


    तेस्रो आँखा