• ट्रेण्डिङ्ग :
चीनको ग्यास खपत ७.६ प्रतिशतले बढ्यो

चीनको ग्यास खपत ७.६ प्रतिशतले बढ्यो


  • 2.6K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.0K Views

    चीनको ग्यास खपत ७.६ प्रतिशतले बढ्यो

    बेइजिङ । चीनको हरित विकासलाई बढावा दिने प्रयासबिच सन् २०२३ मा चीनको प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

    images

    राष्ट्रिय विकास तथा सुधार आयोगका अनुसार गत वर्ष प्राकृतिक ग्यासको खपत ७.६ प्रतिशतले बढेर तीन खर्ब ९४ अर्ब ५३ करोड घनमिटर पुगेको थियो ।

    सन् २०२३ को डिसेम्बरमा प्राकृतिक ग्यासको खपत सन् २०२२ को सोही अवधिको तुलनामा ९.५ प्रतिशतले वृद्धि भई ३७ अर्ब ६५ करोड घनमिटर पुगेको छ ।

    चीनले सन् २०२३ मा २२९.७ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ, जुन सन् २०२२ को तुलनामा ५.८ प्रतिशतले बढी हो । -रासस/सिन्ह्वा


    तेस्रो आँखा