• ट्रेण्डिङ्ग :
माल्दिभ्समा एकै दिन १० हजार २१३ पर्यटक भित्रिए

माल्दिभ्समा एकै दिन १० हजार २१३ पर्यटक भित्रिए


  • 3.4K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.3K Views

    माल्दिभ्समा एकै दिन १० हजार २१३ पर्यटक भित्रिए

    कोलम्बो । माल्दिभ्समा आइतबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । पर्यटन मन्त्री इब्राहिम फैसलले दिएको जानकारी अनुसार एकै दिनमा १० हजार २१३ आगन्तुकहरूलाई स्वागत गरिएको छ ।

    images

    स्थानीय सञ्चारमाध्यमका अनुसार यसअघिको सबैभन्दा बढी दैनिक पर्यटक आगमनको  सङ्ख्या सन् २०१९ मा सङ्ख्या ९ हजार रहेको थियो । माल्दिभ्सको पर्यटन मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार माल्दिभ्समा सबैभन्दा बढी पर्यटकको आगमन चीन, इटाली र रुसबाट भएको देखिएको छ । 

    माल्दिभ्स सरकारले यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । -(रासस-सिन्ह्वा)

     


    तेस्रो आँखा