• ट्रेण्डिङ्ग :
पाकिस्तान : नवाज शरीफ र बिलावल भुट्टोको पार्टीले गठबन्धन गर्ने

पाकिस्तान : नवाज शरीफ र बिलावल भुट्टोको पार्टीले गठबन्धन गर्ने


  • 2.5K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.8K Views

    पाकिस्तान : नवाज शरीफ र बिलावल भुट्टोको पार्टीले गठबन्धन गर्ने

    काठमाडौं । पाकिस्तानमा सरकार निर्माणका लागि पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन र पाकिस्तान पिपुल्स पार्टी पीपीपीबीच गठबन्धन गर्ने सहमति भएको छ। 

    images

    यसअघि पनि गठबन्धन सरकार बनाएका यी दुई पार्टीले गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका हुन्। लाहोरस्थित बिलावल हाउसमा पीएलएम–एनका अध्यक्ष शहबाज शरीफ र पीपीपीका अध्यक्ष बिलावल भुट्टो तथा आसिफ अली जरदारीबीच सहमति भएको बीबीसीले जनाएको छ। 

    सहमतिपछि जारी गरिएको विज्ञप्तिमा पीएलएम–एन र पीपीपीबीच राजनीतिक सहयोग आदान प्रदानको सैद्धान्तिक सहमति भएको उल्लेख छ। चार दिनअघि भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी ९३ सिटमा जित हासिल गरेका छन्। 

    पीएमएल–एनल ७५ तथा पीपीपीले ५४ सिटमा जित हासिल गरेको छ। पाकिस्तानको नेशनल एसेम्बलीमा ३ सय ६६ सिट छन्। 

    जसमध्ये २ सय ६६ सिटमा निर्वाचन भएको छ भने बाँकी ७० सिट आरक्षित छन्। सरकार निर्माणका लागि प्रत्यक्ष निर्वाचनबाट चुनिने कम्तीका १ सय ३४ सिट आवश्यक पर्छन्। साथै यो पार्टीले निर्वाचनमा संस्थागत धाँदली भएको आरोप लगाएको छ। 


    तेस्रो आँखा