• ट्रेण्डिङ्ग :
गाउँपालिकाको नाम परिर्वतन गर्नका लागि सिफारिस गर्ने निर्णय

गाउँपालिकाको नाम परिर्वतन गर्नका लागि सिफारिस गर्ने निर्णय


  • 4.5K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 7.0K Views

    गाउँपालिकाको नाम परिर्वतन गर्नका लागि सिफारिस गर्ने निर्णय

    काठमाडौं २९ माघ/कोशी प्रदेश सरकार मन्त्रीपरिषद्ले वराहपोखरी गाउँपालिकाको नाम परिर्वतन गर्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    images

    सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री समशेर राईले जानकारी दिए  ।

    उनले वराह पोखरी नामलाई संशोधनको बाराहापोखरी गाउँपालिका राख्नका लागि आवश्यक प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट आएको हुनाले सोहीअनुसार संघ सरकारलाई संशोधन प्रस्ताव  सिफारिस गर्ने निर्णय गरेको पनि बताए ।

    यस्तै बैठकले कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासकीय भवन वडा नम्बर ६ बाट वडा नम्बर ५ स्थित भौंसाबारीमा सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    मन्त्रीपरिषद्को बैठकले प्रदेश किताबखाना निर्देशिका २०८० स्वीकृत गरेको छ भने  आर्थिक वर्ष २०८१/०८१ को लागि समपुरक र विशेष अनुदानसम्बन्धी पनि केही निर्णय गरेको मन्त्री राईले जानकारी दिए ।


    तेस्रो आँखा