• ट्रेण्डिङ्ग :
रफाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी

रफाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी


  • 3.0K
    SHARES
    • फाल्गुण २, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.6K Views

    रफाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी

    जेनेभा, २ फागुन/रफाहमा इजरायली सैन्य कारबाहीले गाजामा नरसंहार निम्त्याई निरीह मानिसहरूको मृत्यु हुनसक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला उप–महासचिव मार्टिन ग्रिफिथ्सले मङ्गलबार जारी गर्नुभएको छ । 

    images

    उहाँले दक्षिणी गाजाको रफाहमा स्थल आक्रमणको खतरनाक परिणामविरुद्ध अन्तर्राष्ट्रिय समुदायको चेतावनीलाई उल्लेख गर्दै इजरायलले उनीहरूको आह्वानको बेवास्ता नगर्ने विश्वास व्यक्त गर्नुभएको छ । रफाह र गाजाका मानिसहरू आक्रमणको शिकार भएको बताउदै उहाँले यसको तीव्रता, क्रूरता र दायरा अतुलनीय भएको उल्लेख गर्नुभएको छ ।

    मानवीय सहायताकर्मीहरूले चार महिनाभन्दा बढी समयदेखि अप्ठेरोमा परेका मानिसहरूलाई सहयोग गर्न करिब असम्भव रहेको कुरामा जोड दिँदै उहाँले सुरक्षा सुनिश्चितता, सहायता आपूर्ति तथा कामलाई निरन्तरता दिने कर्मचारी क्षमताको अभाव रहने चेतावनी दिनुभयो । 

    मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएएचए) ले मङ्गलबार गाजाको स्वास्थ्य मन्त्रालय ९एमओएच० लाई उद्धृत गर्दै २४ घण्टाभित्र इजरायली आक्रमणबाट थप १३३ प्यालेस्टिनीको मृत्यु भएको तथा १६२ प्यालेस्टिनी घाइते भएको जनाएको छ । रासस/सिन्ह्वा


    तेस्रो आँखा