• ट्रेण्डिङ्ग :
अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा


  • 3.5K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.4K Views

    अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

    अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् । 

    images

    मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयाेग हुँदै आएका गधा चाेरी हुन थालेपछि अफ्रिकाका गरिब र ग्रामीण समुदायका नागरिक समस्यामा परेका बीबीसीले जनाएको छ ।

    एक अध्ययनअनुसार अवैध रुपमा गधा चोरेर छाला निकाली व्यापार हुने गरेकाे पाइएको छ ।

    चीनमा गधाको छालामा जिलेटिन मिसाएर इजियो नामको परम्परागत औषधि बनाउने गरिएकाे अध्ययनमा उल्लेख छ । यो औषधि स्वस्थ शरीर र युवाको ऊर्जा बचाउन प्रयोग हुने गरेको छ । गधाको छालाकाे अवैध व्यापारविरुद्ध यसअघि सन् २०१७ मै अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन ।

    अभियानकर्ताहरुका अनुसार प्रत्येक वर्ष विश्वव्यापी रूपमा कम्तीमा ५ दशमलव ९ मिलियन गधा चीनमा आपूर्तिकै लागि मार्ने गरिन्छ । अफ्रिकामा विश्वको ५३ मिलियन गधामध्ये दुई तिहाई गधा रहेका बीबीसीमा उल्लेख छ । 


    तेस्रो आँखा