• ट्रेण्डिङ्ग :
गाजामा तत्काल मानवीय युद्धविराम गर्न आवाह्न

गाजामा तत्काल मानवीय युद्धविराम गर्न आवाह्न


  • 4.4K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.8K Views

    गाजामा तत्काल मानवीय युद्धविराम गर्न आवाह्न

    क्यानबेरा ४ फागुन/ अष्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डले गाजामा तत्काल मानवीय युद्धविराम गर्नको लागि संयुक्त आह्वान गरेका छन् । बिहीबार तीन देशका प्रधानमन्त्रीले संयुक्त विज्ञप्तिमार्फत् दक्षिणी गाजा पट्टीको प्यालेस्टिनी सहर रफाहमा इजरायलले भूमि आक्रमण गर्ने योजना बनाएको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

    images

    उनीहरूले करिब १.५ मिलियन प्यालेस्टिनीहरूले शरण लिइरहेको राफाह क्षेत्रमा सैन्य कारबाही विनाशकारी हुने जनाएका छन् । गाजाको मानवीय अवस्था अहिले पनि भयावह भएकाले झनै सैन्य कारबाहीबाट प्यालेस्टिनी नागरिकहरूमा विनाशकारी प्रभाव पर्ने उनीहरूको भनाइ छ ।

    इजरायली सरकारलाई यस्तो मार्गमा अगाडि नबढ्न आग्रह गर्दै उनीहरूले त्यहाँका नागरिकहरूका लागि सुरक्षित जीवन यापनका लागि अन्त कतै जाने  ठाउँ नभएको उल्लेख गरेका छन् । मानवीय युद्धविरामको तत्काल आवश्यकता औंल्याउदै उनीहरूले इजरायली र प्यालेस्टिनीहरूका लागि स्थायी शान्ति सुनिश्चित गर्ने बाटो खोज्न दिगो युद्धविराम गर्न आग्रह गरे । रासस/सिन्ह्वा


    तेस्रो आँखा