• ट्रेण्डिङ्ग :
किसानलाई आत्मनिर्भर बनाउन वडाको अनुदान

किसानलाई आत्मनिर्भर बनाउन वडाको अनुदान


  • 3.9K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.9K Views

    किसानलाई आत्मनिर्भर बनाउन वडाको अनुदान

    भोजपुर, ४ फागुन/ भोजपुर नगरपालिका–५ बोखिकले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ उन्नत जातका फलफूलका बिरुवा वितरण गरेको छ ।

    images

    राष्ट्रिय फलफूल केन्द्रले सूचीकृत गरेको नर्सरीबाट ल्याएर वडाभित्रका करिब दुई सय किसानलाई स्याउ, अङ्गुर, नास्पातीलगायतका बिरुवा वितरण गरेको वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । धरान, विराटनगरलगायत ठाउँबाट खरिद गरेर ल्याइने फलफूलजन्य सामग्रीलाई रोकेर आफ्नै जिल्लामा उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्न अनुदानमा बिरुवा वितरण गरेको उहाँको भनाइ छ । 

    चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट विनियोजन भएको रु दुई लाख २५ हजार र किसानमार्फत २५ प्रतिशत गरी रु तीन लाखबराबरको बिरुवा वितरण गरिएको वडाध्यक्ष प्रधानले बताउनुभयो । वडा कार्यालयमार्फत हावापानी अनुकूल बिरुवा वितरण गरिएपछि स्थानीय किसान उत्साहित बनेका छन् । 

    “कृषि विज्ञसँगको परामर्शमा वडाले बिरुवा वितरण गरेको हो”, वडाध्यक्ष प्रधानले भन्नुभयो । यसबाट किसानलाई राहत मिलेको उहाँको भनाइ छ । 


    तेस्रो आँखा