• ट्रेण्डिङ्ग :
शोकमा डुबे समर्थक, नभाल्नीको शोक सभामा सहभागी सयभन्दा बढी पक्राउ

शोकमा डुबे समर्थक, नभाल्नीको शोक सभामा सहभागी सयभन्दा बढी पक्राउ


  • 3.1K
    SHARES
    • फाल्गुण ६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.7K Views

    शोकमा डुबे समर्थक, नभाल्नीको शोक सभामा सहभागी सयभन्दा बढी पक्राउ

    काठमाडौँ । रूसी प्रहरीले विपक्षी नेता एलेक्सी नभाल्नीको स्मृतिमा राखिएको शोक कार्यक्रमका सहभागी स्मारकमा १०० जनाभन्दा बढीलाई हिरासतमा लिएको ओभीडी–इन्फो नामक मानव अधिकारवादी समूहले शनिबार जनाएको छ । 

    images

    क्रेमलिनका ४७ वर्षीय क्रेमलिनका कट्टर आलोचक नभाल्नीको रूसको आर्कटिकमा १९ वर्षको जेल सजाय काटिरहेका बेला मृत्यु भएको शुक्रबार रूसी अधिकारीहरूले बताएका थिए । 

    मृत्युको खबरलेरूसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक तथा प्रशंसकहरू शोकमा डुबेका छन् ।

    रूसका अस्थायी स्मारकहरूमा फूल राख्न मानिसहरू भेला भएका थिए र केही घटनामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमा सम्प्रेषित फुटेजले देखाएको छ ।

    ओभीडी–इन्फोका अनुसार फेब्रुअरी १७ सम्ममा रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गका ६४ सहित १० शहरमा १०१ भन्दा बढीलाई हिरासतमा लिइएको छ ।

    राजधानी मस्कोमा ११ जना र निज्नी नोभगोरोड, क्रास्नोडार, रोस्तोभ–अन–डन र ट्वेर शहरमा ११ जनालाई हिरासतमा लिइएको छ ।

    रूसमा असहमति विरोधी कडा कानुनअन्तर्गत विरोध प्रदर्शन गैरकानुनी छ र अधिकारीहरूले नभाल्नीको समर्थनमा हुने र्‍यालीमा कडाइ गरेका छन् ।

    रूसको राजधानी मास्कोको मध्यभागमा हुने विशाल र्‍यालीमा भाग लिन अनलाइनमार्फत गरिएको आह्वानबारे आफूहरू जानकार रहेको र त्यहाँ उपस्थित नहुन चेतावनी दिइएको रूसी प्रशासन र सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।


    तेस्रो आँखा