काठमाडौँ ६ फागुन/प्रतिनिधिसभा सदस्य नागिना यादवले डीडीसीले किसानले बिक्री गरेको दुधको ८५ करोड भुक्तानी नगरेको विषय संसदमा उठाएकी छिन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्– ‘यो कस्तो मुलुक होला, एकातिर हामी कृषिप्रधान देश भनेर भन्छौँ, अर्कोतिर विभिन्न हिसाबले हामी किसानलाई नै निरुत्साहित गरिरहेका हुन्छौँ ।
जस्तो विभिन्न हिसाबले किसानलाई दुधको भूक्तानी नदिनु, रासायनिक मलको व्यवस्था नगर्नु यो कस्तो अवस्था हो रु कि सरकारको नियत नै ठीक नभएको हो रु काम गर्ने भन्छौँ तर हामी नियतचाहीँ सफा राख्दैनौँ ।’ उनले यस्ता समस्या छिटो निराकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
