• ट्रेण्डिङ्ग :
अख्तियारमा बढ्दै स्थानीय तहका उजुरी

अख्तियारमा बढ्दै स्थानीय तहका उजुरी


  • 4.7K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 7.2K Views

    अख्तियारमा बढ्दै स्थानीय तहका उजुरी

    तौलिहव ७ फागुन/स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीको चाङ लागेको छ । कपिलवस्तुको यशोधरा गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी स्थानिय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सो कुरा जनाकारी गराइएको हो । जिल्लाका स्थानीय तहमा सरकारी अख्तियारीको दुरुपयोग भएको भन्दै उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

    images

    आर्थिक वर्ष ०८०.०८१ को माघ मसान्तसम्मको दुई सय ६७ ओटा उजुरी परेको कार्यालयले जनाएको छ । सोमध्ये एक सय नौ उजुरी मात्रै फर्स्यौट  भएको छ भने एक सय ५८ वटा उजुरी अनुसन्धानकै क्रममा रहेको कार्यालयले जनाएको छ ।

    सो अवसरमा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका उप सचिव ठाकुर प्रसाद आचार्यले अनियमितताका कारण देश जरजर आवस्थामा पुगेको बताउनुभयो । उहाँले भएको अनियमिततालाई मुद्दा चलाएर र छानविन गरेर टुङ्गिन नसकिने जानकारी दिनुभयो । जनचेतना लगायतको विभिन्न जागरण कार्यक्रमबाट मात्र अनियमिततामा कमि हुने उहाँको भनाइ छ ।

    कार्यालयका अनुसार चालु आर्थिक वर्षमा दश वटा स्थानिय तहमध्ये सबै भन्दा धेरै कृष्णनगर नगरपालिकामा ५९ वटा उजुरी परेको छ भने ३० वटा फस्र्यौट भएको छ । त्यस्तै, कपिलवस्तु नगरपालिकामा ४७ मध्ये २० वटा फर्स्यौट, बुद्धभुमि नगरपालिकामा ३५ वटा, १७ वटा  फर्स्यौट, बाणगंगा नगरपालिकामा नौ वटामा चार फर्स्यौट, शिवराजमा पाँच, महाराजगञ्ज नगरपाकिलामा १४ वटा उजुरीमा फर्स्यौट भएको हो ।

    त्यस्तै यशोधरा गाँउपालिकामा ३४ मा तीन वटा फर्स्यौट, मायादेवीमा ३० मा १३ वटा  फर्स्यौट, विजयनगरमा २१ मा नौ वटा फर्स्यौट र शुद्धोधन गाँउपालिकामा १३ वटामा ६ ओटा फर्स्यौट भएको कार्यालयले जनाएको छ ।

    कार्यक्रममा शाखा अधिकृत गोकर्ण राज घिमिरे, गाँउपालिका अध्यक्ष शिव दयाल तिवारी, प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र ढकाल, लेखा अधिकृत निराजन राज लम्साल, वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।


    तेस्रो आँखा