• ट्रेण्डिङ्ग :
गाजामा युद्ध रोक्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाकाे भिटो, चीनले गर्‍यो आलोचना

गाजामा युद्ध रोक्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाकाे भिटो, चीनले गर्‍यो आलोचना


  • 4.3K
    SHARES
    • फाल्गुण ९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.6K Views

    गाजामा युद्ध रोक्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाकाे भिटो, चीनले गर्‍यो आलोचना

    काठमाडौं । अमेरिकाले गाजामा जारी युद्ध रोक्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो लगाएर रोकेको छ । अमेरिकाले भिटो लगाएर इजरायल र हमासबीचको युद्ध तत्काल रोक्न नचाहेको हो ।

    images

    अल्जेरियाको नेतृत्वमा अरब राष्ट्रहरूले यो प्रस्तावलाई मंलबार मतदानका लागि पेस गरेका थिए । इजरायलको प्रमुख सहयोगी अमेरिकाले यसलाई पारित हुन नदिने चेतावनी दिएको थियो ।

    यो प्रस्ताव मस्यौदाको विपक्षमा मतदान गर्ने अमेरिका मात्रै एक्लो राष्ट्र हो । अन्य १३ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

    प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेपछि चीनले अमेरिकाको कडा आलोचना गरेको छ । बेइजिङले अमेरिकी कदमले ‘गलत सन्देश’ पठाएको र ‘हत्यालाई निरन्तरता दिन ग्रिन सिग्नल’ दिएको भनेको छ ।

    युद्ध अन्त्य गर्ने वार्तालाई समेत अमेरिकी कदमले खतरामा पारेको बेइजिङको भनाइ छ ।

    सुरक्षा परिषद्को प्रस्ताव पारित गर्न कम्तिमा नौ मत चाहिन्छ । तर पाँच स्थायी सदस्य अमेरिका, बेलायत, फ्रान्स, रुस वा चीनमध्ये कसैले पनि भिटो प्रयोग गरेर रोक्न सक्छन् ।

    अक्टोबर ७ देखि इजरायलले गाजामा आक्रमण जारी राखेको छ । हालसम्म त्यहाँ २९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ८० प्रतिशत जनसंख्या विस्थापित भइसकेको छ ।


    तेस्रो आँखा