• ट्रेण्डिङ्ग :
नेपाल–भारतमैत्री बससेवा २ बर्ष पछि पुनः सञ्चालनमा 

नेपाल–भारतमैत्री बससेवा २ बर्ष पछि पुनः सञ्चालनमा 


  • 6.5K
    SHARES
    • कार्तिक १५, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    नेपाल–भारतमैत्री बससेवा २ बर्ष पछि पुनः सञ्चालनमा 


    दाङ,कात्तिक १५ । 
    दुई वर्षपछि नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण बन्द रहेको नेपाल–भारतमैत्री बससेवा पुनःसञ्चालनमा आएको हो । कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी यातायात आवागमन अनुमति भएकाले हिजोदेखि नेपाल–भारत यात्रुमैत्री बससेवा पुनः सुरु गरिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । लामो समयदेखि रोकिएको बस सेवा पुनः सञ्चालन भएपछि भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो ।  

    images


    तेस्रो आँखा